PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

सरकारको वार्षिक नीति तथा कार्यक्रममा आजदेखि छलफल



पहिलोपोस्ट

सरकारको वार्षिक नीति तथा कार्यक्रममा आजदेखि छलफल

काठमाडौँः सरकारको तर्फबाट संघीय संसद्मा पेस भएको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि संघीय संसद्मा छलफल प्रारम्भ हुँदैछ। संघीय संसद्का दुबै सदनमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले नीति कार्यक्रममा पेसका लागि राष्ट्रपतिलाई धन्यवाद दिन प्रस्ताव पेससहित छलफलका लागि आह्वान गर्नेछन्। 

छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। सरकारले पेस गरेको नीति तथा कार्यक्रममा कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायतले ८ संशोधन दर्ता गरेका छन्। 

सत्तापक्ष र प्रतिपक्ष दुबैले सदनमा छलफल हुनुअघि सोमबार सांसद्लाई प्रशिक्षण समेत दिएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell