PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

अर्जेन्टिनालाई झड्का, पहिलो रोजाईँका गोलकिपर रोमेरो चोटका कारण विश्वकपबाट बाहिर



पहिलोपोस्ट

अर्जेन्टिनालाई झड्का, पहिलो रोजाईँका गोलकिपर रोमेरो चोटका कारण विश्वकपबाट बाहिर

अर्जेन्टिनाका पहिलो रोजाईका गोलकिपर सर्जियो रोमेरो विश्वकप खेल्ने टोलीबाट बाहिरिएका छन्। दुईदिन अघि घोषित २३ सदस्यी टोलीमा रोमेरोले स्थान बनाएका थिए तर अब उनी अर्को महिना रसियामा हुने विश्वकपमा अर्जेन्टाइन टोलीमा हुनेछैनन्।

दायाँ घुँडाको चोटका कारण ३१ वर्षीय रोमेरो टिमबाट बाहिरिएको अर्जेन्टिना फुटबल संघले जनाएको छ। चाँडै नै उनको शल्यक्रिया हुने पनि संघले जनाएको छ। यस्तै संघले रोमेरोको स्थानमा नहुएल गुजमानलाई टिममा राखेको छ।

अर्जेन्टिनाका लागि ९४ खेल खेलेका रोमेरोले अघिल्लो विश्वकपमा अर्जेन्टिनाको पहिलो रोजाईमा रहेर खेलेका थिए।

विलफ्रेड काबालेरो र फ्रान्को अर्मानी पनि रिजर्भ गोलकिपरका रुपमा छन्। काबालेरोले २ क्याप मात्र जितेका छन् भने अर्मानीले अहिलेसम्म राष्ट्रिय टिममा खेलेका छैनन्।

यस्तोमा रसियामा कसले पहिलो रोजाईमा खेल्न पाउनेछ भन्ने थाहा पाउन अझै ३ ता कुर्नुपर्नेछ।

समूह डी मा रहेको अर्जेन्टिनाले जुन १६ मा आइसल्याण्डसँग पहिलो खेल खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell