PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

जनताले सीमा सुरक्षा गरेरै बसेका छन्, राष्ट्रवाद नपढाउ : शेरबहादुर देउवा



पहिलोपोस्ट

जनताले सीमा सुरक्षा गरेरै बसेका छन्, राष्ट्रवाद नपढाउ : शेरबहादुर देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई राष्ट्रवादको पाठ पढाउन आवश्यक नरहेको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि सदनमा बोल्दै देउवाले भने, ‘राष्ट्रवादबारे पानाको पाना पाठ पढाउन आवश्यक छैन। सबैले सीमा रक्षा गरेर बसेका छन्।’

‘हिमालको जनता होस् अथवा पहाडको अथवा मधेशको सबैले सीमा रक्षा गरेर बसेका छन्,’ देउवाले भने, ‘राष्ट्रवादको पाठ पढाउन आवश्यक छैन।’

संविधानलाई सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउँदै देउवाले भने, ‘हामीले संविधान संशोधनको प्रयास गर्यौं तर सफल भएन। यो सरकारले सर्वस्वीकार्य बनाउनु पर्ने थियो।’

सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको दाबी देउवाले गरे। सरकारसँग दुरदृष्टि नभएर नयाँ कार्यक्रम आएको उनको टिप्पणी थियो। 

अहिलेको आवश्यकता संघीयता कार्यन्वयन गरेर गाउँगाउँमा सिंहदरबार पुर्याउनु देउवाको भनाइ थियो।

नीति तथा कार्यक्रममा राजनीतिक आन्दोलनका उपलब्धीलाई नजरअन्दाज गर्न खोजिएको आरोप देउवाले लगाए। 

देउवाले भने, ‘नीति तथा कार्यक्रम सुन्दा मेरो मनमा एउटा प्रश्न आयो, खै त आगामी वर्षको कार्यक्रम?’ 
उनले छयासमिसे र हावादारी कुरोले देश अगाडि नबढ्ने दाबी गरे।

सम्बोधनको सुरुमै राष्ट्रपतिले ‘सम्माननीय’ शब्दको उचारण नगरेकोप्रति व्यंग्य गर्दै देउवाले भने, ‘राष्ट्रपतिले सम्मानीय नभने पनि म सम्मानीय सभामुख भन्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell