
काठमाडौं : विश्वकै चर्चित व्यवसयिक क्रिकेट लिग आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका युवा स्टार सन्दीप लामिछाने स्वदेश फर्किसकेका छन्। तर, सन्दीपलाई उक्त अवसर दिलाउने दिल्ली डेयरडेभिल्स भने सन्दीपको प्रदर्शनबाट मोहित बनेको छ र सन्दीपको प्रशंसा गरिरहेको छ।
जनवरीमा भएको अक्सनमा २० ला भारुमा अनुबन्ध गरेसँगै दिल्लीले सन्दीपबारे सामाजिक सञ्जालहरुमा अपडेट गर्न थालेको थियो भने नेपालको राष्ट्रिय टिमले खेलेका सबै खेल लगायत सन्दीपको प्रदर्शनलाई पछ्याएको थियो।
सोही अनुसार आइपीएलको ११ औँ संस्करणमा नेपाली खेलाडीले पनि प्रवेश पाए र आफूलाई प्रमाणित गरे। त्यो मौका दिल्लीले मिलाइदियो।
दिल्लीले मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा सबै खेलाडीलाई थ्याङ्यु भन्दै सन्दीपको प्रशंसा समेत गरेको थियो। जहाँ सन्दीपले नेपाललाई गौरवान्वित बनाएको भन्दै आफूहरु पनि गौरवान्वित भएको र सन्दीपलाई अर्को सिजन पनि डबल डी को कलरमा देख्न चाहेको बताएको छ।
Doing Nepal proud 🇳🇵✅
— Delhi Daredevils (@DelhiDaredevils) May 22, 2018
Wickets in all matches played ✅
Passion matched with performance ✅@IamSandeep25 is a teenage sensation we're proud to see represent us!
We thank him for his efforts and hope to have him back in DD colours next season!#DilDilli #Dhadkega #WeThankYou pic.twitter.com/zFcCPSJPld
सुरुवाती ११ खेल बेन्चमै बसेर हेरेका सन्दीपले अन्तिम ३ खेलमा मौका पाएका थिए जहाँ उनले आफूलाई राम्रोसँग प्रमाणित गरे र आगामी दिनमा पनि आइपीएल खेल्ने ढोका खुल्लै राख्न सफल भए।
आइपीएलमा लिग चरणको १४ मध्ये ५ खेल मात्र जितेको दिल्ली अन्तिम स्थानमा रहँदै बाहिरियो।
तर, सन्दीपको प्रदर्शनकै मद्दतमा अन्तिम दुई खेल जितेको दिल्लीले सन्दीपलसँगै ३ खेलाडीलाई यो सिजन भेटिएको नयाँ प्रतिभाको रुपमा व्याख्या गरेको छ।
जसको पहिलो नम्बरमै सन्दीप छन् भने दोस्रो नम्बरमा यू-१९ टिमका कप्तान तथा यू-१९ वर्ल्डकप विजेता पृथ्वी शाह छन् यस्तै तेस्रो नम्बरमा पनि यू-१९ टिमकै अभिषेक शर्मा छन्।
आइपीएलको डेब्यु खेलमा बैंगलोर विरुद्ध खेल्दै पार्थिव पटेलको विकेट लिएपछि दिल्लीले सन्दीपको डेब्यु म्याचको प्रशैसा गर्दै उनलाई प्राइड अफ नेपाल भनेको थियो।
सन्दीप लामिछाने
दिल्लीका लागि यस सिजन केही नयाँ प्रतिभावान खेलाडीले यस्तो प्रदर्शन गरे जुन यादगार बन्यो। यसमा सबैभन्दा अगाडि छन् नेपालका लेगस्पीनर सन्दीप लामिछाने। उनले जति मौका पाए त्यसको भरपुर फाइदा उठाए। लामिछानेले लगातार ३ खेलमा अवसर पाए र त्यसमा उनले १६.४४ को औशतमा ५ विकेट लिए। यसक्रममा लामिछानेले ६.८३ को इकोनोमीमा रन खर्चे, जुन टी-२० मा शानदार प्रदर्शन हो। मुम्बई इन्डियनस् विरुद्धको अन्तिम खेलमा सन्दीपले बमित मिश्रासँग मिलेर दिल्लीलाई जिताउन अहम भूमिका खेले।
पृथ्वी शा
यस सूचीमा दोस्रो स्थानमा पृथ्वी शा छन्। जब दुई विदेशी ब्याट्सम्यानले दिल्लीलाई गतिलो सुरुवात दिलाउन सकेनन् तब यू-१९ च्याम्पियन टिमका कप्तान पृथ्वीले मौका पाए। पृथ्वीले पनि त्यसको भरपुर फाइदा उठाए र ९ खेलमा २४५ रन बनाए। पहिलो खेलमै पृथ्वीले १० बलमा २२ रनको पारी खेले। त्सपछि उनले दिल्लीको लागि लगातार ओपनरको भूमिकामा खेले। कोलकता विरुद्ध शा ले ६२ रन बनाए। यस सिजन उनले १५३ को स्ट्राइक रेटमा रन बनाए।
अभिषेक शर्मा
तेस्रो खेलाडी हुन् अभिषेक शर्मा। जसले पहिलो खेलमै आफ्नो खेलबाट सबैको ध्यान आकर्षित गरे। रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध अभिषेकले १९ बलमै आक्रमक ब्याटिङ गर्दै ४६ रन बनाए। त्यसपछि उनले अझै खेल्ने अवसर पाए तर बलिङ गर्ने मौका पाएनन्। आशा छ आउने सिजनमा पनि यी युवा खेलाडी दिल्लीको भविष्य बन्नेछ।