PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

गृहमन्त्रीको सम्पत्तिमा दुई कुकुर पनि, त्यो पनि छिमेकको उपहार



पहिलोपोस्ट

गृहमन्त्रीको सम्पत्तिमा दुई कुकुर पनि, त्यो पनि छिमेकको उपहार

काठमाडौं : सुन तस्करीविरुद्ध कडा रवैया अपनाइरहेका गृहमन्त्री रामबहादुर थापा बादलसँग ६ तोलामात्रै सुन छ। उनले बुझाएको सम्पत्ति विवरण हेर्दा लाग्छ – थापा गरीब मन्त्री हुन्।

गृहमन्त्री थापासँग बैंक जम्मा ५० हजार रुपैयाँमात्र छ। गृहमन्त्री थापाको आफ्नो नाममा कुनै पनि जग्गा जमिन तथा सवारी साधन समेत नरहेको सम्पति विवरणमा उल्लेख गरेका छन्। तर रेस्टुरेन्टबाट आएको ३ लाख रुपैयाँ नगद भने उनीसँग रहेको खुलाइएको छ।

गृहमन्त्री थापाकी पत्नी नैनकला थापाको नाममा भने चितवनमा भने १ कठ्ठा ३ धुर जग्गा रहेको छ। त्यस्तै चितवनको भोजाङमा श्रीमती थापाको पेवाको रुपमा तीन कित्ता गरेर ४ सय ७४ वर्गमिटर जग्गा रहेको छ। 

गृहमन्त्री थापाले प्रयोग गर्ने बा ९ च ७४३२ नम्बरको गाडी समेत तत्कालीन नेकपा माओवादी केन्द्रको नाममा छ। गृहमन्त्री थापासँग साथमा ६ तोला सुन रहेको छ। सुनको स्रोत भने श्रीमतीलाई भाइले विदेशबाट उपहार स्वरुप दिएको खुलाएका छन्।

गृहमन्त्री थापाकी पत्नीको नाममा अपर तामाकोसी हाइड्रोपावरको १४६ कित्ता शेयर रहेको छ। गृहमन्त्रीले पशुधनमा दुई वटा कुकुर समेत रहेको खुलाएका छन्। एउटा भाले र अर्को पोथी कुकुर रहेको छ। उनले कुकुर छिमेकीबाट गिफ्ट पाएको उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell