PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

कभर गायक सिद्धार्थ स्लाथिया नेपालमा



पहिलोपोस्ट

कभर गायक सिद्धार्थ स्लाथिया नेपालमा

काठमाडौं : बलिउड यूट्युब कभर सिङ्गर सिद्धार्थ स्लाथिया नेपाल आएका छन्। आफ्ना लाइभ प्रस्तुति दिन उनी नेपाल आएका हुन्। युट्युब हिट्स र लाइकका आधारमा उनी अग्रस्थानमा पर्छन्।

यूट्युबमा उनी आफ्नै च्यानलमार्फत गीत र भिडियो सार्वजनिक गर्छन्। सिद्धार्थको अफिसियल यूट्युव च्यानलमा १० लाख बढीको  सस्क्राइब रहेको छ। 'सिद्धार्थ स्लाथिया लाइभ ईन नेपाल' कार्यक्रमका लागि उनले ११ लाख २० हजार पारिश्रमिक लिएको आयोजक टिमका एकले जनाएको हो। उनको लाइभ प्रस्तुति आज ७ बजेदेखि डेजा भुमा शुरु हुनेछ।  

प्रिन्स ईन्टरटेनमेन्टले यो कार्यक्रम आयोजना गरेको हो। यसअघि प्रिन्स ईन्टरटेनमेन्टले  भारतीय गायिका मोनाली ठाकुरको नेपाल लाइभ गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell