काठमाडौं : टर्किस एअरलाइन्स एनगेज एम्पावरिङ ह्वीलचियर बास्केट बल लिग आयोजना हुने भएको छ।
इनगेज इम्पावरिङको आयोजनामा हुने लिगमा महिलातर्फ ५ र पुरुषतर्फ ९ गरी कूल १४ टिमले सहभागिता जनाउनेछन्। लिगको यो तेस्रो संस्करण हो।
जुन २ देखि जुन ३० सम्म काठमाडौँको विभिन्न स्थानमा हुने लिगमा सहभागि प्रत्येक टिमले एक-अर्कासँग खेल्नेछन्। लिगमा शीर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल हुने र तेस्रो र चौथो स्थानमा रहनेबीच तेस्रो स्थानको लागि खेल हुने आयोजक इनगेजका कार्यकारी निर्देशक कल्पना गुरुङले बताइन्।
लिग अन्तर्ग पहिलो दिनको खेल जुन मा झम्सिखलेस्थित ब्रिटिस स्कुलमा हुनेछ। जुन ३ मा हुने दोस्रो दिनको खेल पनि सोहि स्थानमा हुनेछ। यस्तै जुन ४ र जुन ६ का खेलहरु छाउनीस्थित बर्मी ब्यारेकमा हुनेछ भने जुन ९ र जुन १६ का खेलहरु माइतिघरस्थित सेन्ट जेभियर कलेजमा हुनेछ।
फाइनल खेलहरु जुन ३० मा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ।
जावालाखेल ह्वीलचियर स्पोर्ट्स क्लब, बोधिस्तवाज इन एक्सन,नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्ट्स, ह्वीलचियर स्पोर्ट्स एशोसिएसनको महिला र पुरुष दवै टोलीले लिगमा प्रतिस्पर्धा गर्नेछन् भने त्रिभुवन आर्मी क्लब, स्पाइनल इन्जुरी एण्ड रिह्याबिलिटेसन सेन्टर, पोखरा, नेपालगन्ज र चितवन ह्विलचियर बास्केटबल टिमको पुरुष टोली मात्र सहभागि हुनेछन्। यस्तै महिलातर्फ यसै संस्करणबाट वुमन ह्विलचियर बास्केटबल एशोसिएसन पनि थपिएको छ।
पुरुषतर्फ आर्मी र महिलातर्फ ह्विलचियर स्पोर्ट्स एशोसिएन डिफेण्डिङ च्याम्पियन हो।
शारिरीक अपागंता भएका १७ देखि ४० वर्षसम्मका खेलाडीहरुले यस लिगमा सहभागिता जनाउनेछन्।
'फियर गेम फर नेपाल: मेक डिसाबिलि राइट्स रियल' भन्ने नाराका साथ हुन लागेको लिगको महिला र पुरुषदुवै तर्फको विजेताले नगद ३० हजार पाउने आयोजक इनगेजका निर्देश कल्पना गुरुङले बताइन्। यस्तै दोस्रो हुनेले २५ तथा तेस्रो हुनेले २० हजार पाउनेछन्।
यस्तै दुवै विधाको मोस्ट भ्यालुएबल प्लेअरले ६-६ हजार तथा हाइएस्ट स्कोरले ५-५ हजार पाउनेछन्। दुवै विधातर्फ फियरप्ले अवार्ड पाउनेले १० हजार प्राप्त गर्नेछन्।
लिगको मुख्य प्रायोजक टर्किस एअरलाइन्सको नेपाल कन्ट्री अफिसका जेनेरल म्यानेजर अब्दुल्लाह टनकेर केसीसीले यो लिगले सबैलाई अवसर दिएको र सहभागि टिमहरुको संख्या बढ्नु झन् राम्रो भएको बताए।