PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

‘ऋणमा हो भने चाहिएन रेल’



पहिलोपोस्ट

‘ऋणमा हो भने चाहिएन रेल’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका धेरै सम्बोधनमा नटुट्ने ‘रेल बनाउने’ विषय सरकारले ऋण लिएर गर्ने हो भने देशलाई नै घाटा हुने तर्क संसदमा उठेको छ। 

सदनमा सरकारको नीति तथा कार्यक्रममाथिको जारी छलफलमा बोल्दै सांसद जिप छिरिङ्ग लामाले सरकारले ऋण लिएर रेल मार्ग बनाउन नहुने सुझाव दिए। 

नीति तथा कार्यक्रममा रेलबारे धेरै चर्चा रहेको बताउँदै उनले अनुदानमा कसैले रेल बनाइदिए मात्र बनाउन सरकारलाई सुझाव दिएका हुन्।
‘नीति तथा कार्यक्रममा रेल मार्ग भनिएको छ। रेल मार्ग भनेरमात्र प्राप्त हुँदैन। द्रुत रेल मार्ग हुनु पर्छ। ट्र्याक मात्रै खोलेर पनि रेल मार्ग हुन्छ। रेल कुद्दैन। त्यो कुरा चाहिँ यहाँ क्लियर छैन,’ लामाले भने, ‘वीरगञ्जबाट काठमाडौं रेल ल्याउने भन्या छ। रेल मार्ग मात्र भन्या छ। त्यो रेल कसले बनाउने त?’

‘इण्डिया सरकारले बनाइदिने हो कि, नेपाल सरकारले बनाउने हो क्लियर छैन,’ उनले भने, ‘इण्डिया सरकारले बनाउने हो भने अनुदानमा बनाउँछ भने ठीक छ, होइन भने ऋण गरेर हामीले बनाउनु हुँदैन।’

लामाले चुनाव गराउने सरकारलाई नीति तथा कार्यक्रममा धन्यवादसमेत नदिइएको भन्दै दुःख व्यक्त गरे।

‘यदि शेरबहादुर नभएको भए कुनै बहादुरले चुनाव गराउने थिएन। जसले चुनाव गराएर त्यसलाई नीति तथा कार्यक्रममा धन्यवादसमेत दिइएन। कति कन्जुसी गर्‍या हो?,’ लामाले भने।

सदनमा बोल्ने क्रममा पनि प्रतिपक्षीलाई कम महत्व दिइएको भन्दै सभामुखको ध्यानाकषर्णसमेत गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell