PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

‘नेकपा’ केन्द्रीय समितिको पूर्ण बैठक भोलि, नागरिकतासहित उपस्थित हुन आह्वान



पहिलोपोस्ट

‘नेकपा’ केन्द्रीय समितिको पूर्ण बैठक भोलि, नागरिकतासहित उपस्थित हुन आह्वान

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक भोलि बिहीवार बस्ने भएको छ। 

३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले मंगलबार पूर्णता पाएको थियो। 

केन्द्रीय समितिमा ४ सय ४१ केन्द्रीय सदस्य र ६ जना स्थायी आमन्त्रित सदस्य रहेका छन्। बिहीवार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यहरूलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ। 

‘हो हामीलाई नागरिकतासहित आउन भनिएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘नागरिकता ल्याउन किन भनियो थाहा छैन। यद्यपि, पहिलो बैठक भएको र केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गर्नको लागि नागरिकता ल्याउन भनिएको होला।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell