PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सिद्धार्थले गाए नेपाली गीत, हिन्दी र नेपाली फुयूजनमा कभर बनाउने

सिद्धार्थले गाए नेपाली गीत, हिन्दी र नेपाली फुयूजनमा कभर बनाउने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  बुधवार नेपाल आएका बलिउड यूट्युब कभर सिङ्गर सिद्धार्थ स्लाथियाले पत्रकार सम्मेलनमा नेपाली गीत गाए - 'मुसु मुसु हाँसी देउ न लै लै'।  काठमाडौंको डेजा भुमा लाइभ प्रस्तुति दिन नेपाल आएका उनले उक्त भेटमा भविष्यमा हिन्दी र नेपाली फुयूजनमा कभर बनाउने प्रण समेत गरे।  

दुई घण्टाको आफ्नो प्रस्तुतिमा १५ ओटा गीत गाउने बताउँदै भने 'मैले नेपाली कभर गीत पनि सुनेको छु। ती कभर सङ राम्रा छन्। यहाँको मौसम झनै राम्रो।' प्रिन्स ईन्टरटेनमेन्टले उनलाई नेपाल भित्रएका हुन्। उनको लाइभ प्रस्तुति आज ७ बजेदेखि डेजा भुमा शुरु हुनेछ।

प्रिन्स ईन्टरटेनमेन्टका अध्यक्ष प्रिन्स शाक्यले स्लाथियाको फ्यान फोलोइङ नेपालमा पनि राम्रो भएकोले यो कार्यक्रम गर्न लागेको बताए। साथै सुरक्षा व्यवस्थापनमा पनि ध्यान दिइएको बताए। यसअघि प्रिन्स ईन्टरटेनमेन्टले भारतीय गायिका मोनाली ठाकुरको नेपाल लाइभ गरिसकेको छ।

 

 

 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell