PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

केपिएल क्रिकेट : मध्यपश्चिम एबीसी, रुपन्देही–११ र धनगढी सेमिफाइनल प्रवेश



पी बी खड्का

केपिएल क्रिकेट : मध्यपश्चिम एबीसी, रुपन्देही–११ र धनगढी सेमिफाइनल प्रवेश

सुर्खेतः सुर्खेतको वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमिएर लिग (केपिएल) क्रिकेट प्रतियोगिताको मध्यपश्चिम एबीसी क्रिकेट क्लब, रुपन्देही ११ र धनगढी क्रिकेट एकेडेमी सेमीफाईनलमा प्रवेश गरेका छन्। 

आज भएका खेलहरुमा समुह ‘बि’ बाट ४ खेलमा ४ वटै जितको साथ धनगढी क्रिकेट एकेडेमीले तथा ४ खेलमा ३ जित र १ हारपछि मध्यपश्चिम क्रिकेट क्लबले सेमीफाइनलमा स्थान पक्का गरेको हो। समुह ’ए’ बाट रुपन्देही ११ ले ४ खेलमा ४ वटै जितको साथ सेमीफाइनलमा स्थान पक्का गरेको छ भने बिहिबार हुने खेलपछि दोश्रो टिमको टुंगो लाग्ने छ। 

दिनको पहिलो खेलमा एबीसी स्पोर्ट्स क्लबले रोयल राइजिंग क्लबलाई ६ रनले पराजित गर्यो।

टस जितेर ब्याटिंग गरेको एबिसी स्पोर्ट्स क्लबले निधारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो। उसको आगि दिनेश पुनले ३३ तथा मिलन क्षेत्रीले ३१ रन बनाए। रोयल राइजिंगका बलर सन्दिप शाहीले ३ विकेट लिए।

१४० रनको लक्ष्य पछ्याउने क्रममा रोयल राइजिंग क्लबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। रोयलको लागि सुमन गुरुङ्गले ३८ रन तथा आशिष सिंहले २२ रन बनाए। एबिसीका बलर दिनेश अधिकारीले सर्वाधिक ४ विकेट तथा अनिल खरेलले २ विकेट लिए।
आजै भएको दोश्रो खेलमा रुपंन्देही ११ ले प्रतियोगितामा चौथो लगातार जित हात पार्ने क्रममा महाकाली क्रिकेट क्लबलाई १०४ रनको बिशाल अन्तरले पराजित गर्यो।

टस जितेर ब्याटिंग गरेको रुपन्देही ११ ले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर २०९ रनको बिशाल योगफल तयार गरेको थियो। उसको लागि निश्चल चौधरीले सर्वा्धिक ८५ रन बनाउने क्रममा ५१ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। यस्तै शक्ति गौचनले अविजित ४२ रन बनाउन २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

बलिङ्गतर्फ महाकालीका हेमन्त धामी र आकाश चन्दले समान २र२ विकेट हात पारे।

२१० रनको लक्ष्य पछ्याउने क्रममा महाकालीले २० ओभरमा ७ विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो। उसको लागि कप्तान रोबिन क्षेत्रीले २८ तथा पारस केसीले २६ रन बनाए। रुपन्देहीका बलर कृष्ण कार्कीले ३ विकेट तथा शक्ति गौचन, सन्दिप सुनार र बिक्रम भुसालले समान १र१ विकेट लिए।
तेश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरलाई ४ विकेटले पराजित गर्यो।

टस जितेर ब्याटिंग रोजेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो। उसको लागि बिरात भण्डारीले सर्वा्धिक २४ रन, दुर्गेश थापाले २० रन, सचिन लेखकले १६ रन, प्रितम थापाले अविजित १५ रन तथा भोज राज भट्टले अविजित ११ रनको योगदान दिए। धनगढीका बलर पवन कार्कीले सर्वा्धिक २ विकेट लिए।

धनगढी क्रिकेट एकेडेमीले १७.५ ओभरमा ६ विकेट गुमाएर १४२ रनको लक्ष्य पछ्यायो। ७० रनमा ५ विकेट गुमाएको अवस्थामा एकेडेमीका कप्तान भुवन कार्कीले किशन बिस्टसंग छैठौं विकेटको लागि ५८ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

टिमलाई जिताउन बिजयी चौका प्रहार गरेका भुवनले अविजित ७४ रनको इनिंग खेल्ने क्रममा मात्र ३६ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। किशनले ९ रन बनाए भने त्यसअघि बिपिन रावलले ३० तथा सुबोध ऐरले १९ रन योगदान दिए।  काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरको लागि भोज राज भट्टले ३ तथा बिपिन आचार्यले २ विकेट हात पारे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell