
दक्षिण अफ्रिकी क्रिकेटर अब्राहम बेन्जामिन (एबी) डेभिलियर्सले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
‘मिस्टर थ्री सिक्स्टी’ को उपनाम पाएको एबीले बुधवार भिडियो म्यासेजमार्फत सन्यास लिएको घोषणा गर्दै भने ‘म थाकेँ’। पूर्व दक्षिण अफ्रिकि कप्तान समेत रहेका डेभिलियर्सको सन्यास घोषणाले क्रिकेट विश्व नै चकित भएको छ ।
सन्न्यासको घोषणा गर्दै उनले भने, ‘तत्काल लागू हुनेगरी म क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिंदै छु।‘ उनले अब क्रिकेट खेल्न सक्ने आफूमा त्यो ऊर्जा सकिएको पनि बताए ।
३४-वर्षे ब्याट्सम्यान डि भिलियर्सले डि भिलियर्सले ११४ टेष्ट, २२८ एक दिवसीय अन्तर्राष्ट्रिय र ७८ टि-२० खेलहरु खेल्दै कुल २० हजार १४ रन बनाएका छन्।