कोलकता नाइड राइडर्स इन्डियन प्रिमियर लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधवार भएको एलिमिनेटर खेलमा राजस्थान रोएल्सलाई २५ रनले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो।
कोलकतालाई जित दिलाउन कप्तान दिनेश कार्तिकले अर्धशतक बनाए भने आन्द्रे रसेलले नटआउट ४९ रन बनाए। बलिङमा स्पीनरद्वय पियुष चावला र कुलदिप यादवले उत्कृष्ट प्रदर्शन गरे।
कोलकताले दिएको १७० रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। राजस्थानका लागि सन्जु सामसनले ३८ बलमा ५० तथा कप्तान अजिन्का रहानेले ४१ बलमा ४६ रन बनाए।
कोलकताका चावलाले २ तथा कुलदिपले १ विकेट लिए। चावलाले २२ तथा कुदिपले १८ रन खर्चेर। प्रसिदले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए।
त्यसअघि घरेलु मैदान एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो। कोलकताका लागि कार्तिकले ३८ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५२ रन बनाए। सातौँ नम्बरमा ब्याटिङ गरेका रसेलले २५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै नटआउट ४९ रन योगदान गरे। यस्तै शुभमन गिलले १७ बलमा २८ रन जोडे। ८ ओभरमा ५१ रन हुँदा ४ विकेट गुमाएको कोलकताको इनिङ्स कप्तान कार्तिकले सम्हाले। उनले पाँचौ विकेटका लागि गिलसँग ५५ तथा छैटौँ विकेटका लागि रसेलसँग २९ रनको साझेदारी गरे।
राजस्थानका कृष्नप्पा गोवतम, जोफ्रा आर्चर र बेन लाउनलिनले २-२ विकेट लिए।