PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सिफारिस



पहिलोपोस्ट

पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सिफारिस

पोखरा: प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मोदी गाउँपालिका वडा नं २ स्थित साविक देउपुर गाविसको कार्यालयमा रहेको केन्द्रलाई देउपुरकै पातीचौरमा सार्ने गरी दुईतिहाई गाउँपालिका सदस्यबाट प्रमाणित भएर आएकोमा त्यसलाई केन्द्रमा सिफारिस गरी पठाउने निर्णय गरेको बताए।
 
त्यस्तै, बैठकले प्रादेशिक दुग्ध विकास बोर्ड गठन विधेयक प्रदेशसभामा पठाउने निर्णय गरेको बताउँदै उनले यसले दुग्ध क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे। मन्त्री बस्नेतका अनुसार बैठकले आर्थिक कार्यविधि ऐन, २०७४ का विभिन्न चारवटा बुँदामा संशोधन गर्ने निर्णयसमेत गरेको छ।
 
बैठकमा सरकारले ल्याउने आगामी बजेट, आसन्न गणतन्त्र दिवसलगायत विषयमा छलफल भएको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell