काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक आज बस्दैछ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले मंगलबार पूर्णता पाएको थियो। केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो पटक बैठक बस्न लागेको हो।
केन्द्रीय समितिमा ४ सय ४१ केन्द्रीय सदस्य र ६ जना स्थायी आमन्त्रित सदस्य रहेका छन्। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो।
सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ।