PahiloPost

Feb 3, 2025 | २१ माघ २०८१

तेक्वान्दोकी रोमी गिरी कोरिया जाँदै



पहिलोपोस्ट

तेक्वान्दोकी रोमी गिरी कोरिया जाँदै

काठमाडौँ : तेक्वान्दोकी चौथो डान रोमी गिरी खेलकुद व्यवस्थापन र प्रशासनमा इन्टर्न गर्न शुक्रबार दक्षिण कोरियाको इन्चोन जाँदै छिन्। खेलसँगै व्यवस्थापन प्रशासनमा पनि उत्तिकै रुची राख्ने रोमी नेपाल तेक्वानदो महासंघले उक्त अवसर प्रदान गरेको हो।

रोमिले कोरियामा रहेको वर्ल्ड तेक्वान्दो फेडेरेसनको हेक्वाटरमा ६ महिना खेलकुद व्यवस्थापन र प्रशासनमा इन्टर्न गर्नेछिन्।

६ महिनाको लागि भएपनि उनको भिजा ए वर्षको रहेकोले त्यसपछि समय थप हुनेसम्मने समेत गिरीले बताइन्।

गिरीलाई मंगलावार राखेप सदस्यसचिव केशव कुमार विष्ट र बुधवार नेपाल तेक्वान्दो संघले छुट्टाछुट्टै बिदाई गरे।

रोमीले आफ्नो लागि यो अवसर रहेको र यसका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्। यो समयमा मैले प्रशासन र व्यवस्थापनमा केही सिक्ने छु र आफूलाई त्यस विधामा अझ पोख्त बनाउनेछु। उनले भनिन्।

रोमिले यसअघि तेक्वान्दोकै कारण जापान र स्वीट्जरल्याण्डको भ्रमण गरिसकेकी छिन्। सन् २०१५ को मार्चमा रोमीले जापामा युथ लिडरसिप क्याम्पमा भाग लिएकी थिइन्। यस्तै २०१६ स्वीट्जरल्याण्डको जेनेभामा संयुक्त राष्ट्र संघले आयोजना गरेको ओलम्पिक प्लेम प्रिजेन्टेसन कार्यक्रममा उनले सेलेमोलिएन एम्बासडरको रुपमा मन्तव्य समेत दिएकी थिइन्। जहाँ संयुक्त राष्ट्रसंघका तत्तकालिन महासचवि वान कि मुन, इन्टरनेशनल ओलम्पिक किमटीका अध्यक्ष थोमस बाक लगायतका सहभागि थिए। उनी त्यस्तो उपलब्धी हासिल गर्ने पहिलो नेपाली खेलाडी समेत हुन्।

केएफएबाट भर्खरै एमबीएको पढाई सकाएकी रोमीले वाणिज्य मन्त्रालयको प्रशासन शाखामा समेत काम गरिसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell