PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

जापान लागे इनेष्टा, भने नयाँ घर



पहिलोपोस्ट

जापान लागे इनेष्टा, भने नयाँ घर

स्पानिस जायन्ट बार्सिलोनाका लेजेण्ड आन्दे इनेष्टा सिजनको समाप्तीपछि एसियन मुलुक जापान गएका छन्।

जापानको टप लिग जे लिगको क्लब भिसेल कोबका मालिक हिरोसी मिकितानी सँग जापान गएका इनेष्टाले जापानलाई नयाँ घर भनेका छन्।

मिकितानीले आफ्नो निजि विमानमा इनेष्टालाई जापान लगेको ट्वीमार्फत सार्वजनिक गरेका छन्।

इनेग्टाले पनि ट्रवीट गर्दै जापानलाई न्यू होम भनेका छन्।

३४ वर्षीय मिडफिल्डर इनेष्टाले स्पानिस जायन्टसँग २२ वर्षको करियर यसै सिजनको अन्त्यमा टुङ्षाएका थिए।

१२ वर्षको उमेरमै बार्सिलोनाको युथ टिममा जोइन भएका इनेष्टाले क्लबको लागि ६७४ खेल खेले। जहाँ उनले ३२ उपाधि जिते।

इनेष्टालाई जापान लैजान कोबका त्यही क्लब हो जसले यसअघि नै जर्मनीका लुकास पोडोल्स्कीलाई भित्र्याइसकेको छ।

कोब यस सिजन जे लिगको छैटौँ स्थानमा छ। उक्त क्लबसँग अनुबन्ध गरे इनेष्टा र पोडोलोस्कीले सँगै फुटबल खेल्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell