PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

रेस थ्रीको गीत 'सेल्फिस'बाट सलमान गीतकार, गीतमा प्रेमिका लुलियाको होला स्वर?



पहिलोपोस्ट

रेस थ्रीको गीत 'सेल्फिस'बाट सलमान गीतकार, गीतमा प्रेमिका लुलियाको होला स्वर?

सलमान खानको रेस थ्री ले बलिउडका सुपरस्टार सलमान खानका फरकखाले प्रतिभालाई बाहिर ल्याउने चर्चा बलिउडमा यतिखेर ‘हिट’ छ। पहिलोपटक सलमान खान नेगेटिभ रोलमा देखिँदैछन् यसै फिल्मबाट। त्यतिमात्र होइन सलमान खानले फिल्मका लागि गीत समेत लेखेका छन्। हिरोबाट गीतकारसमेत बनाएको छ रेस थ्रीले। यो फिल्म निर्देशन गर्दैछन्, रेमो फर्नान्डेजले।

फिल्मको ‘सेल्फिस’ टाइटलको गीत शुक्रबार रिलिज हुँदैछ। फिल्मको लागि माथापच्ची जारी रहँदा यो गीतमा सलमानले कलम चलाएका थिए। हुँदाहुँदै सलमान गीतकार भएर निस्किए। विशाल मिश्रले म्युजिक कम्पोज गरेका छन् जसमा सलमानका शब्दहरु सुनिनेछन्। स्रोतका अनुसार गीतमा अतिफ असलमन र लुलियाको स्वर सुन्न पाइनेछ। लुलिया सलमानकी पछिल्ली प्रेमिका हुन्। 

ज्याकलिन फर्नान्डेजको ‘हिरिया…’ पछि सार्वजनिक हुन लागेको यो रेस थ्रीको दोस्रो गीत हो। 

रेसको यो तेस्रो संस्करणमा सकिव सलिम, दिया शाह, अनिल कपुर र बबी देवल पनि लिड रोलमा नै छन्। फिल्ममा सलमानको लिड रोल रहनेछ। अनिल कपुरमात्र रेसका सबै सिक्बेलमा छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell