
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीसँग प्रशस्त क्षमता भएको बताएका छन्। आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलालाई सम्बोधन गर्दै ओलीले युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेको उदाहरण दिए।
ओलीले भने, 'नेपाली मौका पायो कि... दुई चार वटा डल्ला फ्याँक्न पाएको थियो। सन्दीप चम्कियो।'
प्रधानमन्त्रीले मौका पाएमा नेपालीले जे पनि गर्न सक्ने तर मौका नै नपाउने सन्दर्भसमेत उल्लेख गरे। अगाडि उनले भने, 'चान्स पायो कि नेपालीले गर्छ। नेपाली हो नि। चान्स नै पाउँदैन।'
शिक्षाको माध्यमबाटै देशको विकास हुने उल्लेख गर्दै ओलीले हामीले आफूलाई चिन्नुपर्ने बताएका थिए। कार्यक्रममा ओलीले युवाहरुलाई विदेशमा जानुभन्दा स्वदेशमै खेतीमा लाग्नसमेत सुझाव दिए।