PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

निर्माणाधीन घरको छतबाट खसेर मृत्यु



पहिलोपोस्ट

सुरुङ्गाः निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईको घर निर्माणका क्रममा उनी चारतला माथिबाट खसेका थिए। छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उता मेचीनगर नगरपालिका–१०, शान्तिटोलमा करेन्ट लागेर स्थानीय २१ वर्षीया अनुजा मगर घाइते भएकी छिन्। पानी तान्ने मोटर पम्पबाट करेन्ट लिक हुँदा उनलाई करेन्ट लागेको बताइएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएकी अनुजाको बिर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell