PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

३३ किलो सुन प्रकरणः गोरेको बयानपछि समातिए तत्कालीन एमालेका स्थानीय नेता



पहिलोपोस्ट

३३ किलो सुन प्रकरणः गोरेको बयानपछि समातिए तत्कालीन एमालेका स्थानीय नेता

काठमाडौँः ३३ किलो सुन प्रकरणमा प्रहरीले तत्कालीन एमालेका एक स्थानीय नेतालाई पक्राउ गरेको छ। मोरङ उर्लावारीका स्थानीय नेता रेवत आचार्यलाई पक्राउ गरेको हो।

सुन प्रकरण र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेतीले अदालतमा दिएको बयानका आधारमा प्रहरीले आचार्यलाई बिहीबार राति पक्राउ गरेको हो। मंगलबार काठमाडौँको गौरीघाटबाट पक्राउ परेका गोरेले सुन तस्करीमा नेताहरुको संलग्नता रहेको बताउँदै आएका छन्।

तर उनले कुनै पनि नेताको नाम भने लिएका छैनन्। आचार्य सुन व्यवसायी पनि हुन्। उनको उर्लावारी ६ मा सिद्धदेवी सुन पसल छ।

जिल्ला अदालत मोरङमा गोरको बयान बुधबारदेखि जारी छ। सुन प्रकरण अदालतले एसएसपीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell