PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

भारतमा निपा भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो



पहिलोपोस्ट

भारतमा निपा भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
photo: 360nobs.com

नयाँदिल्लीः दक्षिण भारतमा फैलिएको निपा भाइरसका कारण पछिल्लो समयमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।

भारतको केरलाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार थप दुई जनाको कोझीकोड जिल्लामा रहेको एउटा अस्पतालमा बुधबार मृत्यु भएको हो।

मृत्यु भएकामध्ये एक जना ६२ बर्षीय एक वृद्ध छन्। पानी खाँदा निपा भाईरसको संक्रमण सरेको बताइएको छ।

मृत्यु भएका १२ जना बाहेक कोझीकोड र मल्लापुरम जिल्लाका अन्य ९४ जनाको घरमा विषेश तरिकाले निरगरानी गरिएको छ भने १७ जनाको अस्पतालमा उपचार भइरहेको छ।

भाइरसको प्रकोप नियन्त्रण गर्न विभिन्न चरणमा फरक-फरक तरिकाले प्रयासहरू भइरहेको राज्यका स्वास्थ्य मन्त्री केके सैलजाले जानकारी दिए।

मन्त्री सैलाजाले निपा भाइरसबाट सङ्क्रमित विरामी एक्कासी देखा परेको र यो विरामीसँगको प्रत्यक्ष सम्पर्कबाट फैलिएको बताएका थिए।रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell