PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु



पहिलोपोस्ट

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरः  मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा बिहीबार ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।

सोही गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीया नौनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, निमुवाले जनाएको छ।

उनलाई ठक्कर दिने ना ७ ख ७०१९ नम्बरको ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छन्।


बेलबारीमा आगलागी

यसैबीच, मोरङको बेलबारी–७ मा गएराति ११ बजे अचानक आगलागी हुँदा एक परिवारको रु ५० हजारभन्दा बढी क्षति भएको छ।

सो वडाको बाहुनी बस्ने दिलमाया ठकुरीको घरमा अचानक आगलागी हुँदा एकतले घर र घरभित्र रहेका सामानमा लत्ताकपडा, खाद्य सामग्री, भाडावर्तन र हाँस, कुखुरा जलेर नष्ट भएको १ नं प्रहरी प्रदेशको कार्यालय, विराटनगरले जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell