PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन



पहिलोपोस्ट

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन

काठमाडौं: जेठ १२ र १३ मा सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको छ। काठमाडौंको भृकुटिमण्डपमा महाधिवेशन हुने संघका अध्यक्ष नवराज घोरासैनीले जनाए।

उनले नेपाली गीत संगीतभित्र देखिएका सम्पूर्ण समस्यालाई समाधान गर्नको लागि आफूहरु लागिपरेको बताए।   महाधिवेशनमा देशभरिबाट करिब ७ सय प्रतिनिधिको उपस्थिति रहने बताइएको छ।

पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष नमराज ढुङ्गाना, उपाध्यक्ष प्रकाश कटुवाल, उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव श्यामसुन्दर धिताल, सचिव गोविन्द दुलाल, कोषाध्यक्ष रमेश दुलाल ‘कागे’, मोडलहरु रिना थापा, एलिना रायमाझी लगायतका कलाकारहरुको उपस्थिति थिए।
  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell