PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

क्रिकेट खेल क्षेत्रमा स्मार्ट वाच लैजान नपाउने आइसीसीको घोषणा



पहिलोपोस्ट

क्रिकेट खेल क्षेत्रमा स्मार्ट वाच लैजान नपाउने आइसीसीको घोषणा

इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले खेल क्षेत्रमा स्मार्ट वाच लैजान नपाउने घोषणा गरेको छ।

आइसीसीले प्लेअर एण्ड म्याच अफिसियल्स एरिया (पिएमओए) रेगुलेसन अनुसार आइसीसीले सञ्चारका साधनहरु खेलस्थलमा लैजान प्रतिवन्ध लगाएको हो।

रेगुलेसन अनुसार पिएमओएले निर्धारण गरेको क्षेत्रमा स्मार्ट वाच लैजान प्रतिवन्ध लगाएको आइसीसीले शुक्रवार घोषणा गरेको हो।

सञ्चारका साधनहरुलाई प्रतिवन्ध लगाएपछि कुनै पनि खेलाडीले इन्टरनेट कनेक्ट भएको स्थानमा स्मार्ट वाच लगायत साधन प्रयोग गर्न नपाउने भएको हो।

फोन, वाईफाई र सञ्चारको कुनै पनि साधनसँग जोडिने स्मार्टवाच प्रतिवन्ध लगाइएको छ र म्याच डे को दिन ग्राउण्डमा जाँदा खेलाडीले मोबाइलसँगै अन्य डिभाइसहरु बाहिरै राख्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell