PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

च्याम्पियन्स लिग फाइनल आज : उपाधिका लागि रियल मड्रिड र लिभरपुल भिड्दै



पहिलोपोस्ट

च्याम्पियन्स लिग फाइनल आज : उपाधिका लागि रियल मड्रिड र लिभरपुल भिड्दै

युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल आज राति हुँदैछ। युक्रेनको किभ रंगशालामा हुने फाइनल खेल नेपाली समयमअनुसार मध्यराती साँढे १२ बजे सुरु हुनेछ।

रियल वायर्न म्युनिखलाई तथा लिभरपुल रोमालाई पराजित गर्दै फाइनल पुगेको हो।

पछिल्लो दुई संस्करणको विजेता रियल लगातार तेस्रो उपाधि जित्ने दाउमा छ भने लिभरपुल ११ वर्षपछि फाइनल पुगेको हो र १३ वर्षपछि उपाधि नजिक पुगेको छ।

यसैगरी रियलले अहिलेसम्म सर्वाधिक १२ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ जुन दोस्रो स्थानको एसी मिलानभन्दा ५ उपाधि बढी हो।

रियलले पछिल्लो ४ सिजनमा ३ पटक उपाधि जितिसकेको छ। सन् १९५६ देखि ६० सम्म सुरुको ५ सिजन उपाधि जितेको रियलले १९६६, १९९८,२००० र २००२ मा उपाधि जितेको थियो।

यता लिभरपुलले १९७७ र ७८ मा लगातार दुई पटक उपाधि जितेको थियो भने १९८१,८४ र २००५ मा पनि च्याम्पियन बनेको थियो।

तेस्रो स्थानमा रहेको लिभरपुल, बार्सिलोना र वायर्न म्युनिखले समान ३ पटक उपाधि जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell