काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नेतृत्व गरिसकेका अहिलेसम्मका कप्तानहरु शनिवार एकैपटक सम्मानित भएका छन्।
प्रमोदराज-सावित्रीपाण्डे स्मृति प्रतिष्ठानले वर्तमान कप्तानसहित नेपालका ७ वटै क्रिकेट कप्तानलाई सम्मानपत्रसहित सम्मान गरेको हो।
प्रतिष्ठानका अध्यक्ष तथा नेपाली क्रिकेट खेलाडी संघका अध्यक्ष डा. मनिषराज पाण्डे र नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त, नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेले क्रिकेट कप्तानहरुलाई सम्मान गरे।
सम्मानित हुनेहरुमा पूर्वकप्तानहरु उत्तम कर्माचार्य, लेखबहादुर केसी, पवन अग्रवाल, राजु खड्का, परेश लोहनी र विनोद दाससहित वर्तमान कप्तान पारस खड्का छन्।
यस्तै प्रतिष्ठानले साहित्यकार पाज्ञ विवश पोखरेल र खेलपत्रकार बिनोद पाण्डेलाई पनि सम्मान गरेको छ। दुवैलाई १५-१५ हजार नगद पुरस्कारले सम्मान गरेको हो।