PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते : रुपा र एरिकालाई स्वर्ण



पहिलोपोस्ट

एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते : रुपा र एरिकालाई स्वर्ण

काठमाडौँ : रुपा महर्जन र एरिका एरिका गुरुङले प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते प्रतियोगितामा शनिवार स्वर्ण जितेका छन्। महिला ६८ केजीमाथि तौलसमूहको फाइनलमा नेपाली सेनाकी रुपाले प्रदेश १ की मिसडोना राईलाई हराईन्। सोहि समूहमा प्रदेश ३ की मनिषा मोक्तान र एपीएफ ए की गंगादेवी अधिकारीले काश्य जिते।

महिलातर्फ ६८ केजी तौलसमूहमा प्रदेश ३ की एरिका गुरुङले सेनाकी बिभुसा थापालाई हराउँदै स्वर्ण जितिन्। एपीएफ ए की रविना राई र प्रदेश नम्बर ४ की पुजा पुलामीमगरले यस स्पर्धाको काुस्त जिते। त्यस्तै ५५ केजी तौलसमूहमा प्रदेश १ की बिद्याकला राईले स्वर्ण जितिन्। एपीएफ बी टिमकी सन्ध्या खनालले रजत जित्दा एपीएफ ए की मनिशा चान्द र प्रदेश ५ की अञ्जली बिकले कास्य जिते।

महिलाकै ५० केजीमूनि तौलसमूहको फाइनलमा सेनाकै मिस्ली श्रेष्ठले एपीएफ बी टिमकी दीपा लामालाई हराउँदै स्वर्ण जितिन्। यस स्पर्धामा प्रदेश २ की एलिशा तामाङ र प्रदेश ६ की लक्ष्मी विष्टले कास्य जिते।

शसस्त्र प्रहरी बल एपीएफ र नेश्नल सोतो कराते डो एशोसियसनको आयोजनामा संचालन भएको प्रतियोगिताको पुरुषतर्फ ८४ केजीमूनि तौलसमूहमा एपीएफ बीका सुशील पौडेलले प्रदेश ५ का अमर पोलीलाई हराउँदै स्पर्ण जिते। यस स्पर्धामा आर्मीका हिरालाल चन्द र एपीएफ ए का भीम तामाङले कास्य जिते। ६० केजी तौलसमूहको फाइनलमा प्रदेश ४ का राजन पाइजाले एपीएफ ए का विजय लामालाई हराउँदै स्वर्ण जिते। प्रदेश १ का सन्तोष राई र भुटानका सन्देश मुखियाले कास्य जिते।

५५ केजी तौलसमूहको फाइनलमा एपीएफकै दुई टिमका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। जसमा ए टिमका सुजन श्रेष्ठले बी टिमका विजय श्रेष्ठलाई हराउँदै स्वर्ण जिते। यस स्पर्धामा बंगलादेशका मोहम्मद मामुन र भारतका मदनले कास्य जिते।

यसअघि शुक्रबार भएका खेलमा कातातर्फ एपीएफ बी की वर्षा साउद र प्रदेश १ का रोहित राईले स्वर्ण जितेका थिए। टिम कातातर्फ भने महिला र पुरुष दुवैमा नेपाली सेनाको टिम च्याम्पियन बनेको थियो।

त्यस्तै ४५ केजी महिलामा प्रदेश ३ की बुद्धलक्ष्मी तामाङ र ५० केजी पुरुषमा एपीएफ बीका मनिष थापाले स्वर्ण जितेका थिए।

प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, जापान र नेपालका सात प्रदेश तथा तीन विभागीयका टोलीको सहभागिता थियो। महिलातर्फ ८ तथा पुरुषतर्फ ९ स्वर्णका लागि भएको प्रतियोगितामा हरेक स्पर्धाका स्वर्ण विजेताले नगद १० हजार, रजत विजेताले ५ र कास्य विजेताले ३ हजार रुपैयाँ पुरस्कार प्रापुत गरे।

विजेता खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कार वितरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell