काठमाडौं: फेसन सो ‘ट्रेसमी फेसन रन वे’ सम्पन्न भयो। ‘सोल्टी क्राउन प्लाजा’मा शुक्रबार भएको कार्यक्रममा मोडलदेखि कलाकारसम्मले र्याम्प वाक गरे।
‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’ नाम दिइएको उक्त अन्तर्राष्ट्रिय फेसन सोमा दुई दर्जन बढीले प्रस्तुत गरे। ‘इन्स्ट्रुमेन्टल म्युजिक’को तालमा १९२ फिट लामो युसेफ र्याम्पमा मोडलहरु एक–एक गरी देखिए।
मोडलहरुले ३ ‘सिक्वेन्स’मा विभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरे। नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन २०१८’को उद्देश्य नेपाली कपडाको प्रवद्र्धन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्याउनु रहेको थियो व्यवस्थापक यतना पाण्डेले बताइन्।
१६ महिला र ८ पुरुष गरी २४ मोडल र्याम्पमा उत्रिएका थिए। जसमा नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का, इश्वर जिसी लगायत पनि रहेका थिए।
दलजित सुदान अन्तर्राष्ट्रियस्तरमा चिनिएका फेसन डिजाइनर हुन्। शुक्रबार साँझ दलजितको एकल क्रियशन प्रस्तुत गरिएको हो। डिजाइनर दलजित सुदानले ‘म्याजिक अफ जफ्रान’ थिममा डिजाइन तयार पारेका थिए।