
स्पानिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधिमाथि ह्याट्रिक गरेको छ।
इंग्लिस क्लब लिभरपुलाई ३-१ ले पराजित गर्दै रियलले लगातार तेस्रो पटक युरोपको प्रतिष्ठित क्लब लफुटबलको उपाधि जितेको हो। रियल मड्रिड च्याम्पियन बनेको समग्रमा यो १३औँ पटक हो।
युक्रेनको किभ रंगशालमा भएको भएको खेलमा रियललाई जिताउन वैकल्पिक खेलाडी गारेथ लले २ गोल गरे भने करिम बेन्जामाले १ गोल गरे। लिभरपुलका लागि साडियो मेले एक गोल गरे।
लिभरपुलका मोहमद सलाह तथा रियलका ड्यानी कार्भाजल पहिलो हाफमा इन्जुर्ड हुँदै मैदान बाहिरिएका थिए।
चारै गोल दोस्रो हाफमा भएको खेलको ५१औँ मिनेटमा लिभरपुलका गोलकिपर क्राइसको गल्तीमा कारण बेन्जामाले गोल गर्दै रियललाई अग्रता दिलाए। क्राइसले फालेको बल बेन्जामालाई लाग्दै गोल भएको हो।
त्यसको चार मिनेटपछि नै मानले बराबरी गोल फर्काएका थिए। तर लगत्तै इस्कोको स्थानमा मैदान प्रवेश गरेका बेल रियलको जितमा निर्णायब बने। उनले ६५औँ मिनेटमा मार्सेलोको क्रसमा बाइसाइकल किकमार्फत शानदार गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए। बेलले ८४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियलको जित सुनिश्चित गरे।
फाइनलमा गोल नगरेपनि रियलका क्रिस्टियानो रोनाल्डो ५ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्ने खेलाडी बनेका छन्।