PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै, नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने



पहिलोपोस्ट

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै, नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ आज दिँदैछन्। संघीय संसद्का दुबै सदनमा छलफलका क्रममा सांसद्हरुले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिन लागेका हुन्। प्रधानमन्त्रीको सम्बोधनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको सरकारको नीति तथा कार्यक्रममा तीन दिनसम्म छलफल चलेको थियो। शुक्रबार नै जवाफ दिने तयारी गरिए पनि समय अभावका कारण आजका लागि बैठक बोलाइएको हो। 

नीति तथा कार्यक्रममा सत्तारुढ दलका सांसद्हरले समर्थन गरेका छन्। कार्यक्रमको आलोचनाभन्दा सुझाव सत्तापक्षका सांसद्हरुले दिएका छन्। 
प्रतिपक्ष दलका सांसद्हरुले भने नीति तथा कार्यक्रमका प्राथमिकतामाथि प्रश्न उठाएका छन्। यस्तै, आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने, प्रतिव्यक्ति आय दोब्बर बनाउनेजस्ता सरकारका कार्यक्रमको आधारमाथि प्रश्न गरेका छन्। 

प्रधानमन्त्रीको जवाफसँगै चित्त नबुझ्ने सांसद्हरुले स्पष्टीकरण सोध्ने मौका समेत पाउनेछन्। प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम पारित हुनेछ। सोभन्दा अघि नीति कार्यक्रममा पेस भएका ६ वटा संशोधनलाई निर्णयार्थ पेस गरिनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell