PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक प्राइस पुर्पक्षका लागि थुनामा



पहिलोपोस्ट

अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक प्राइस पुर्पक्षका लागि थुनामा
फाइल फोटो

काठमाडौँः किशोरावस्थामा नै 'पोर्न स्टार' बन्ने भन्दै चर्चामा रहेकी मोडल/कलाकार अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसलाई यौन दुराचारको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। 

काठमाडौँ जिल्लाको आदेश अनुसार प्राइसलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। 


को हुन् प्राइस

गत चैत २३ गते  प्रहरीले प्राइस बस्ने घरबाट दुईसय ग्राम गाँजा र अन्य अवैध लागू औषधसमेत बरामद गरेको थियो। त्यस्तै दुई बालकलाई समेत उद्धार गरिएको थियो। प्राइस अमेरिकन नागरिक भए पनि उनका बाबु भने रसियन हुन्। रसियन नागरिकता खारेज गरेपछि उनी अमेरिका पुगेका थिए। प्राइसकी आमा अमेरिकाको एक टेलिभिजनमा कार्यरत छिन्।

प्राइस ५ वर्षदेखि नेपालमा बस्दै आएको खुलेको प्रहरी अनुसन्धानमा देखिएको छ। भिसा म्याद थप गर्दै सन् २०१३ देखि उनी नेपालमा छन्। उनले काठमाडौँको बलम्बुमा घर नै लिएर यौन धन्दा गरेको खुलेको हो। प्राइसले भाडाको घरमा युवतीहरू ल्याइरहने प्रहरीको दाबी छ। घरसँगै उनले होटेल समेत सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ। काठमाडौँमा मात्र होइन चितवनमा समेत उनको होटल रहेको प्रहरी स्रोतले जानकारी दियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell