PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

संसदमा प्रधानमन्त्रीको जवाफः ठीक बुझ्नुभयो नीति तथा कार्यक्रम महत्त्वाकांक्षी नै हो, चलते चलाते कर्मकाण्डी होइन



पहिलोपोस्ट

संसदमा प्रधानमन्त्रीको जवाफः ठीक बुझ्नुभयो नीति तथा कार्यक्रम महत्त्वाकांक्षी नै हो, चलते चलाते कर्मकाण्डी होइन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संघीय संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रम महत्त्वकांक्षाहीन ‘चलते चलाते’ कर्मकाण्डी नभएको जिकिर गरेका छन्। 

जेठ ७ गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त सदनसामु प्रस्तुत गरेको नीति तथा कार्यक्रम तीव्र विकास, समृद्धिको महत्त्वकांक्षा बोकेको नीति कार्यक्रम भएको उनले बताए। 

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममा माथि भएको छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘जेठ १५ गते बजेट आउँछ, त्यसभन्दा अगाडि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ भनेर चल्ते चलाते कर्मकाण्डी महत्वकांक्षाविहीन अहिलेको नीति तथा कार्यक्रम होइन। यसले तीव्र विकास र समृद्धिको महत्त्वकांक्षा बोकेको छ।’ 

नीति तथा कार्यक्रम असम्भव र महत्त्वकांक्षा बोकेको नभइ पूरा हुने महत्वकांक्षा बोकेको उनले दाबी गरे। ‘रामायणमा भनिएको छ, घर पनि सुनैका छन् गल्ली जो पनि सुनैका भनेजस्तो महत्वाकांक्षी यो होइन।’ 

उनले नीति तथा कार्यक्रम सम्पूर्ण नेपालीको समृद्धि र विकास प्रतिको आकांक्षलाई समेटेको बताए। ‘कतिपय माननीयज्यूले नीति तथा कार्यक्रम महत्त्वाकांक्षी भयो भन्नुभयो। उहाँले ठीक बुझ्नुभयो। यो आकांक्षाहीन छैन। सम्पूर्ण नेपालीहरूको अकांक्षालाई समेटेको छ। यो एउटा व्यक्तिको जस्तो साँघुरो छैन,’ उनले प्रश्न गरे, ‘के नेपाल तेस्रो मुलुकबाट पहिलो हुन नपाउने?’

उनले नीति तथा कार्यक्रम समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य प्राप्तिमा केन्द्रित भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell