PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

निर्देशनमा अभिनेत्री मरिश्का पोखरेल



पहिलोपोस्ट

निर्देशनमा अभिनेत्री मरिश्का पोखरेल

काठमाडौं: अभिनेत्री मरिश्का पोखरेलले भिडियो निर्देशन गरेकी छिन्। गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको गीति एल्बम ’एकतर्फी माया’ एल्बमको सोही बोलको गीतको भिडियोबाट उनले निर्देशकीय डेब्यु गरेकी हुन्।

काठमाडौंमा शनिबार कार्यक्रम आयोजना गरी एल्बम सार्वजनिक गरिएको हो। कवि तथा गीतकार दिनेश अधिकारी तथा संगीतकार दिपक जंगमले संयुक्त रुपमा विमोचन गरेका हुन्। एल्बममा चार आधुनिक तथा चार लोकपप गीतहरु संग्रहित छन्।

शीर्ष गीतको भिडियोमा मरिश्का स्वयंम देखिएकी छिन्। उनीसँगै अभिनेता पुष्प खड्का फिचर्ड छन्। भिडियोमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरेको सम्पादन रहेको छ।

निर्देशन अनुभव बारे मरिश्काले भनिन्,'निर्देशन मेरो रुची हो। यो मौका पाएँ। अब अझै आफैलाई निखार्ने कोशिश गर्छु। साथको लागि सबैलाई धन्यवाद।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell