PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

मिस नेवाः ११३८ को उपाधि  रिजु मानन्धरलाई



पहिलोपोस्ट

मिस नेवाः ११३८ को उपाधि  रिजु मानन्धरलाई

काठमाडौं: मिस नेवाः ११३८ को उपाधि  रिजु मानन्धरले हात पारेकी छिन्। १६ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले १३ औं संस्करणको ताज पहिरेकी हुन्।

नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीहरुको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिताको निर्णायक चरणमा सोधिएको ‘नेपालमा विपत् व्यवस्थापन कसरी गर्न सकिन्छ’ भन्ने प्रश्न सोधिएको थियो।

रिजुले ताजसहित २० हजार रुपैयाँ नगदका साथमा विभिन्न उपहारहरु प्राप्त गरिन्। रिजुले पब्लिक च्वाइस एवार्ड समेत जितेकी हुन्। प्रतियोगितामा डाकटर सरिसा श्रेष्ठले फस्ट रनर्स अपको उपाधि जितिन् भने मतिना मानन्धरले सेकेण्ड रनर्स अप भइन्। मतिनाले मिस पर्सनालिटीको उपाधि समेत जितिन्।

प्रतियोगिताको निर्णायकमा प्राईम बैंकका उपप्रमुख भाइराजा तुलाधर, व्यबसायी प्रदीपमान प्रधान, बुटिक एसोसिएसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, निर्मल श्रेष्ठ, नेपाल टेलिकमकी उपनिर्देशक रिना डंगोल, पूर्व मिस नेवा योगिता महर्जन लगायत थिए। कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell