PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

चार दिन लगाएर सकियो गोरेको बयान, आजैदेखि बहस सुरु



अनन्तराज न्यौपाने

चार दिन लगाएर सकियो गोरेको बयान, आजैदेखि बहस सुरु

विराटनगर : ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेको बयान चार लगाएर सकिएको छ। जिल्ला अदालत मोरङको बन्द इजलासमा बुधवारदेखि भएको बयान आइतबार मध्यान्हमा सकिएको हो। उनको लिखित बयान ३७ पाना लामो छ।

मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेको आज नै बहस हुने छ। बयानमा गोरेले सुन तस्करीम आफू संलग्न भएको स्वीकार गरेका छन् तर उनले आफूलाई भरियामात्र भन्दै आएका छन्। 

सुन प्रकरणमा सनम शाक्यको हत्या र सुन तस्करीको मुख्य अभियुक्त गोरेलाई बनाइएको छ। जिल्ला न्यायाधीवक्ता पुण्य पाठकले सरकारको पक्षमा र गोरेका पक्षमा वकिल यमबहादुर मगर बहस गर्ने भएका छन्। आज नै बहसपछि अदालतको फैसला आउने सम्भावना छ।

सुन प्रकरण र हत्याको अभियोगमा जिल्ला अदालत मोरङले एसएसपी सहित २८ जनालाई पूर्पक्षका लागि थुनामा पठाइसकेको छ।  



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell