PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

पिएम कप एकदिवसीय क्रिकेट : प्रदेश ७ को विजयी सुरुवात



पहिलोपोस्ट

पिएम कप एकदिवसीय क्रिकेट : प्रदेश ७ को विजयी सुरुवात

काठमाडौं : प्रदेश नमबर ७ ले दोस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

आइतवार मूलपानी क्रिकेट ग्राउण्डमा भएको समूह बी को खेलमा प्रदेश ७ ले प्रदेश ६ लाई ४८ रनले पराजित गर्‍यो। लो स्कोरिङ खेलमा बलरहरु हावी हुँदा टेक सलामी र शेर मल्लले ५/५ विकेट लिए।

प्रदेश ७ ले दिएको १२६ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश ६ २२.२ ओभरमा ७७ रनमा अलआउट भयो। प्रदेश ६ का लागि कप्तान रविन्द्रजंग शाहीले २९ तथा दिनेश पुनले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अक छुन सकेनन्।

प्रदेश ६ लाई अलआउट गर्न प्रदेश ७ का शेर मल्लले ७.१ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ५ विकेट लिए। यस्तै सन्तोष भट्ट र विनोद लामाले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ७ पनि ३१.३ ओभरमा १२५ रनमै अलआउट भएको थियो। सन्जु दमाईले सर्वाधिक ५४ रन बनाएको इनिङसमा सुरेन्दर चन्दले २५ रन जोडे। अन्य खेलाडी दोहोरो रन नजोडी आउट भए।

प्रदेश ७ लाई अलआउट गर्दे प्रदेश ६ का टेक सलामीले ८.३ ओभरमा १२ रन मात्र खर्चेर ५ विकेट लिए। दिनेश पुनले २ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell