PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

गोरे पूर्पक्षका लागि थुनामा, लगियो मोरङ जिल्ला कारागार

गोरे पूर्पक्षका लागि थुनामा, लगियो मोरङ जिल्ला कारागार

अनन्तराज न्यौपाने/पहिलोपोस्ट


विराटनगर : ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेलाई जिल्ला अदालत मोरङले पूर्पक्षको लागि थुनामा पठाएको छ। उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको हो।

चार दिन लामो बन्द इजलासमा भएको बयानपछि आइतवार नै थुनछेक बहस भएको थियो। जिल्ला न्यायाधीवक्ता पुण्य पाठकले सरकारको पक्षमा र गोरेका पक्षमा वकिल यमबहादुर मगर बहस गरेका थिए। गोरेलाई सुन प्रकरण र सनम शाक्य हत्या अभियोगमा मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको थियो। सुन प्रकरण र हत्याको अभियोगमा जिल्ला अदालत मोरङले एसएसपी सहित २८ जनालाई पूर्पक्षका लागि थुनामा पठाइसकेको छ।  

न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले उनलाई थुना पठाउने आदेश दिएको हो।
 


ट्रेन्डिङ पोस्ट

Ncell