भारतमा सिक्किममा बनेको नेपाली भाषाको फिल्म 'अनम जोर्बु'को पहिलो गीत रिलिज भएको छ। फिल्मको 'मोतीको हार' बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको हो।
गीतमा मेलिना राई र उदित क्षेत्रीको स्वर रहेको छ। भक्ति शर्माले लेखेको गीतको संगीत संयोजन पनि गायक स्वंयमले गरेका हुन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु देन्जम लेप्चे र भूमिका उप्रेती फिचर्ड छन्।
मोहन उपाध्यायले खिचेको गीती भिडियोमा कमल राईको कोरियोग्राफी रहेको छ।