PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

एसएसपी दिवेश लोहनीसँग चिनजान छैन : गोरे



पहिलोपोस्ट

एसएसपी दिवेश लोहनीसँग चिनजान छैन : गोरे

काठमाडौं : सुन प्रकरण र सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती गोरेले एसएसपी दिवेश लोहनीसँग कुनै पनि सम्बन्ध र चिनजान नभएको बताएका छन्।  

अदालती बयानमा 'तपाईँको एसएसपी लोहनीसँग कस्तो सम्बन्ध रहेको छ?' भनी सोधिएको प्रश्नमा गोरेले भने, 'निज लोहनीलाई मैले चिनेको छैन। निजसँग मेरो कुनै सम्पर्क सम्बन्ध रहेको छैन।'

तर, पूर्पक्षका लागि थुनामा रहेका पूर्व डिआइजी गोविन्द निरौलासित भने पारिवारिक सम्बन्धको कारण चिनजान भएको उनले खुलाएका छन्। गोरेले निरौलालाई बुबाको साथी भएकाले काका भनेर सम्बोधन समेत गर्ने गरेको बताएका हुन्। उनले बयानमा भनेका छन्, 'काका र मबीच फोनमा कहिले काहीँ कुराकानी हुने गरेको थियो।'

डिएसपी प्रजित केसीले केस मिलाइदिने भन्दै २ करोड रुपैयाँ लिने कुरा भएको उनले बयानमा खुलाएका छन्। त्यस्तै एसएसपी विकाराज खनालको बारेमा विमानस्थलमा काम गर्ने जानकारी भए बाहेक अन्य सम्बन्ध नभएको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell