PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

रसुवा-काठमाडौंको रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सुरु नहुँदै सरकारले 'अध्ययन सकियो' भन्दै ढाट्यो



पहिलोपोस्ट

रसुवा-काठमाडौंको रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सुरु नहुँदै सरकारले 'अध्ययन सकियो' भन्दै ढाट्यो

काठमाडौं : सरकारले आर्थिक सर्वेक्षणमा रसुवागढी-काठमाडौं रेलमार्गको पूर्व सम्भव्यता अध्ययन सकिएको भन्दै झुटो तथ्य स्थापित गर्न खोजेको छ।

यो रेलमार्गको पूर्व सम्भाब्यता अध्ययनका लागि चिनियाँ टोली भर्खरै नेपाल आइपुगेको छ। चिनियाँ टोलीले अहिले भर्खरै टोखा पुगेर अध्ययन गरिरहेको छ।

'पूर्व सम्भाब्यता अध्ययनका लागि चिनियाँ टोली नेपाल आएको छ,' रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले  भने, 'त्यो टोलीले भर्खरै अध्ययन अघि बढाएको छ।' उनका अनुसार पूर्व सम्भाब्यता अध्ययन पूरा हुन भदौसम्म लाग्नेछ। चिनियाँ रेलवे एडमिनिस्ट्रेसनले चाइना रेलवे फष्ट सर्भे एण्ड डिजाइन कम्पनीका प्राविधिकहरु नेपाल आएका छन्।

काँकडभिट्टा-बुटवल खण्डको विस्तृत आयोजना प्रतिवेदन तयार भएको सर्वेक्षणमा उल्लेख छ। पूर्व पश्चिम रेलमार्ग र काठमाडौं-पोखरा-लुम्विनी रेलमार्गको सम्भाब्यता अध्ययन सकिएको सर्वेक्षणमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell