PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सुन कटाउँदा एसएसपी श्याम खत्रीले २ करोड रुपैयाँभन्दा बढी लिएको गोरेको दावी



पहिलोपोस्ट

सुन कटाउँदा एसएसपी श्याम खत्रीले २ करोड रुपैयाँभन्दा बढी लिएको गोरेको दावी

काठमाडौं : सुन तस्करीमा प्रतिवादी बनाइएका एसएसपी श्याम खत्रीले सुन कटाउँदा २ करोड भन्दा बढी लिएको खुलेको गोरेको बयानमा खुलेको छ।

गोरेले अदालतमा दिएको बयानमा एसएसपी खत्रीले नै दुवईबाट आएको सुन विमानस्थल बाहिर कटाउने गरेको बताएका छन्। गोरेले भनेका छन्, 'एसएसपी खत्रीले आफ्नो ड्राइभर र अंगरक्षकको प्रयोग गरी उनी चढ्ने सरकारी गाडीमा सुन ल्याउँथे। उनी बाहेक अन्य प्रहरीले सुन ओसारेको मलाई थाहा छैन।'

बयानमा एसएसपी खत्रीले सुन बाहिर निकाले बापत कति रुपैयाँ बुझ्ने गरेका थिए भन्ने प्रश्नमा गोरेले एक किलोमा ५० हजार रुपैयाँसम्म लिने गरेको बताएका छन्।

गोरेले भनेका छन्, 'खत्रीले सुन बाहिर निकालेवापत प्रति किलो ५० हजार रुपैयाँ आफैले बुझ्ने  गर्दथे। यो लाइनबाट उनले ४ सय किलोदेखि ५ सय किलोसम्म सुन आएको छ।'

अदालतले प्रतिवादी बनाएका एसएसपी खत्री फरार सूचीमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell