PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

गोरेको बयान : यसरी तीन लाइनबाट हुन्थ्यो सुन तस्करी



सविन ढकाल

गोरेको बयान : यसरी तीन लाइनबाट हुन्थ्यो सुन तस्करी

काठमाडौँ : देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन लाइनमा सुन तस्करी हुने गरेको चुडामणि उप्रेति ‘गोरे’को बयानबाट खुलेको छ। 
चार दिनसम्म बन्द इजलासमा भएको बयानमा उनले सुन तस्करीका सबै विवरण सुनाएका हुन्। 

गोरेका अनुसार यी हुन् सुन तस्करीका तीन लाइन

पहिलो लाइन : थाई एयरवेजको विमान

दुबईबाट बैँकक हुँदै काठमाडौँ आउने थाई एयरवेजको विमानबाट आउने सुन पहिलो लाइन हो। यो लाइन अन्तर्गत सुन ल्याउनेले विमानको ट्वाइलेटको डस्टबिनमा सुन छाड्थे। त्यहाँबाट सुन निकाली विमानको भर्याअङमा रहेको प्वालमा सुन छिराइन्थ्यो र त्यसपछि भर्यानङबाट सुरक्षित रुपमा सुन निकालिन्थ्यो। यसवापत थाई एयरवेजका कर्मचारी सानु वनले प्रति किलो ३५ हजार रुपैयाँ भुक्तानी पाउँथे। एयरपोर्टभित्र स्टाफहरुको व्यवस्थापन पनि वनले नै गर्थे। हराएको भनिएको ३३ किलो सुन वनले नै पुर्या्उन जाने क्रममा लुटिएको थियो। वनको विमानस्थलभित्रै मृत्यु भइसकेको छ। 


दोस्रो लाइन : फ्लाई दुबईको विमान

फ्लाई दुबईबाट आउने सुन थाई एयरवेजको जस्तो भर्याैङबाट आउँदैन थियो। तर सुन निकाल्ने शैलि भने लगभग पहिलो लाइनकै जस्तो हुन्थ्यो। फ्लाई दुबईबाट आएको सुन राजु महर्जन, राजन थापा, अमरमान डंगोल, तुलाराम थारुको समूहले विमानस्थल बाहिर ल्याउने र एयरपोर्टको बस हुँदै लुकाएर अनुकूल समयमा बाहिर आउने गरेको गोरेको बयानमा छ। 

तेस्रो लाइन : सुरक्षाकर्मीकै सहयोगमा 

गोरेले बयानमा भनेका छन्, फ्लाई दुबई र थाई एयरवेजको लाइनबाट आएको सुनको विषयमा विमानस्थलको सुरक्षा निकायलाई थाहा हुँदैन थियो। तर प्रहरीकै पास प्रयोग गरी अर्कै तेस्रो लाइनबाट आएको सुनको विषयमा प्रहरीकै मिलेमतोमा सुन बाहिर आउँथ्यो। 

तेस्रो लाइनको सुन पनि फ्लाइ दुबईकै फ्लाइटमा आउने हो। यो लाइनबाट एक पटकमा २५ देखि ३० किलोसम्म सुन आउँछ। दुबईबाट भरियामार्फत् झोलामा आउने सुनलाई भरियालाई प्रहरीले उपलब्ध गराएको पासले सहज बनाउँथ्यो। प्रहरीको पास भएपछि कुनै चेकजाँच हुँदैन थियो। सुन बोक्ने मानिस सहजै प्रहरीको हाकिमको कोठामा जान्थे। झोला त्यहीँ छाडिदिन्थे। पछि प्रहरी कर्मचारीले अनुकूल समयमा बाहिर निकाली तोकिएको स्थानमा छाडिदिन्थे। 

गोरेले बयानमा अझ स्पष्ट रुपमा भनेका छन्, सुन सीधै तत्कालीन एसएसपी श्याम खत्रीको कोठामा जान्थ्यो। निजले अनुकूल समयमा सुन बाहिर निकाली हाम्रा भरियालाई दिन्थे। यो लाइन त्यति भरपर्दो नभएकोले धेरै दिन टिकेन। 

खत्रीले सुन बाहिर निकाले वापत प्रति किलो ५० हजार आफैले बुझ्ने गरेको र यो लाइनबाट ४०० किलोदेखि ५०० किलोसम्म सुन आएको गोरेले बयानमा बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell