PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

३० दिनको छायाँकन 'मालिका'



पहिलोपोस्ट

३० दिनको छायाँकन 'मालिका'

काठमाडौं: अभिनेत्री रेखा थापा काठमाडौंदेखि कोहलपुर हुँदै जाजरकोट पुगेकी छिन्। आफ्नो अर्को फिल्म 'मालिका' छायाँकनका लागि उनी त्याँहा पुगेकी हुन्। 

फिल्मको निर्मात्री समेत रहेकी रेखाले जाजरकोट दरबार प्राङ्गणमा गीतको छायाँकन भैरहेको जनाएकी छिन्। जिल्लाको स्थानीय भेष–भुषा र संस्कृति झल्किने मेलाको दृश्य बनाएर उक्त ऐतिहासीक क्षेत्रमा गीतको छायाँकन भैइरहेको छ। रामजी लामिछानेको कोरियोग्राफीमा छायाँकनरत गीतमा सय भन्दा बढी कोरसहरु छन्।

 चालिस दिनको सुटिङ सेड्यूल बनाइ छायाँकन थालेको फिल्म ३० दिनमा सकिने छ। फिल्ममा चौध वर्षिया कमला ओली मुख्य भूमिकामा  देखिँदै छिन्। रेखाले लक्ष्मीपूजालाई रिलिज टार्गेट गरेकी छिन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell