PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

नेकपा र फोरमबीच भयो यस्तो सहमति, ओली सरकारमा सहभागी हुँदै फोरम



पहिलोपोस्ट

नेकपा र फोरमबीच भयो यस्तो सहमति, ओली सरकारमा सहभागी हुँदै फोरम

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच सरकारमा सहभागि हुने विषयमा सहमति भएको छ। सोमबार दुई दलबीच भएको वार्तमा यस विषयमा सहमति जुटेको हो। 

दुई दलबीच भएको वार्तामा दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेकपाको तर्फबाट सहमतिपत्रमा दुई अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। 

सहमति अनुसार फोरम नेपालले उठाउँदै आएका मागहरु सम्वोधन गर्न नेकपा सहमत भएको छ। 

फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरिने भएको छ। 

त्यस्तै फोरमले उठाएका अन्य माग सम्वोधन गर्न सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न समेत सहमति जुटेको छ । त्यसका लागि आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गर्ने सहमति जुटेको छ। त्यस्तै यही सहमतिका आधारमा फोरम सरकारमा सामेल हुने भएको छ। 

यो सहमतिसँगै प्रदेश २ मा समेत सत्ता समिकरण बद्लिने सम्भावना बढेको छ। प्रदेश २ मा फोरम र राजपा गठबन्धनको सरकार छ। यसअघि नेकपाले समेत सरकारलाई समर्थन दिएको थियो। 

आइतबार मात्र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यस्तै फोरम र राजपाबीच बजेट निर्माणका विषयमा असहमति चुलिँदै गएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell