PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सरकार – फोरम सहमतिमा ‘मधेश आन्दोलन’ नै गायव, मन्त्रालयको टुंगो लाग्दै



बीपी साह

सरकार – फोरम सहमतिमा ‘मधेश आन्दोलन’ नै गायव, मन्त्रालयको टुंगो लाग्दै

काठमाडौं : मधेश आन्दोलनकै जगमा स्थापित संघीय समाजवादी फोरम नेपाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। सरकारमा सहभागी हुन फोरमले गरेको दुई बुँदे सहमतिमा 'मधेश आन्दोलन' शब्दसमेत अटाएन।   

प्रधानमन्त्री निवास वालुवाटरबाट फर्किँदै गरेका फोरम नेपालका महासचिव रामसहायप्रसाद यादवले पहिलोपोस्टलाई भने, ‘मधेश आन्दोलन शब्द नै नराखिए पनि आन्दोलन शब्द राखिएको छ। यसले मधेशलाई पनि समेट्छ।’

सरकारमा सहभागिताको विषयमा सहमति भए पनि मन्त्रालयको टुंगो नलागेको यादवले बताए।

उनले भने, ‘अब छलफल गरी केही दिनमै मन्त्रालयको टुंगो लाग्नेछ। अहिले मन्त्रालयको टुंगो लगाउने विषयमा सरकार पक्षले पनि तयारी गर्दैछ।’

प्रधानमन्त्री ओलीसँग रहेको शहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फोरमलाई दिनेबारे छलफल भए पनि फोरम अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा सहभागी भए सुचना तथा सञ्चार प्रविधि मन्त्रालय दिनसक्ने सम्भावना रहेको फोरम स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष यादवले गरेको सहमतिमा संविधान संशोधन गर्ने भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell