PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

चाम्स र अनमोल असोजतिर छायाँकनमा जाने



पहिलोपोस्ट

चाम्स र अनमोल असोजतिर छायाँकनमा जाने

काठमाडौं: अभिनेता अनमोल केसी लगातार दुई फिल्ममा अनुबन्धित भएका छन्। केही समयअघि 'ए मेरो हजुर ३' मा  अनुबन्धित भएका अनमोल निर्देशक मिलन चाम्सको नयाँ प्रोजेक्ट लागि फाइनल भएका हुन्। 

अनमोल अहिले फिल्म क्याप्टेनमा व्यस्त छन्। निर्देशक चाम्सले दिएको जानकारी अनुसार फिल्म लभ स्टोरीमा आधारित रहनेछ। 'क्याप्टेन गरेपछि अनमोलले 'ए मेरो हजुर ३' गर्नेछ। त्यसपछि हाम्रो फिल्म गर्नेछ। तर रिलिजका हिसाबले 'ए मेरो हजुर ३' भन्दा हाम्रो फिल्म अगाडी रिलिज हुन्छ' पहिलोपोस्टसँगको फोन संवादमा निर्देशक चाम्सले भने। 

निर्देशक चाम्सले फिल्मको रिलिज टार्गेट फागुन १७ रहेको बताएका छन्। झरनाकी छोरी सुहानीको पढाईमा असर नपर्ने गरि 'ए मेरो हजुर ३' को छायाँकन अगाडी गर्ने भएको हो। झरनासँग समझदारी गरेर नै फिल्मको छायाँकन अगाडी राखेको उनले बताए। 

ए मेरो हजुर ३ को छायाँकनपछि निर्देशक चाम्स अनमोललाई लिएर असोजतिर छायाँकनमा जानेछन्। निर्माण टिमले फिल्मको नाम भने सार्वजनिक गरेका छैनन्। फिल्मको स्क्रिप्ट तयार भैसकेको छ। फिल्ममा प्रदीप भारद्वाजको कथा र सुदिप खड्काको निर्माण रहनेछ। यो वर्ष चाम्स निर्देशित 'ब्लाइन्ड रक्स', 'ह्याप्पी डेज' र 'लिलीबिली' प्रदर्शनमा आए। बोबी‍‍‍ प्रदर्शनको तयारीमा छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell