PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

ज्ञानेन्द्र मल्ल इसेवाको ब्राण्ड एम्बेसडरमा नियुक्त



पहिलोपोस्ट

ज्ञानेन्द्र मल्ल इसेवाको ब्राण्ड एम्बेसडरमा नियुक्त

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल इसेवा फोन पेमेन्ट प्रालीको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन्।

नेपाल पहिलो पेमेन्ट गेटवे इसेवा र ज्ञानेन्द्रबीच सोमवार सम्झौता भएको हो। सम्झौतामा एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र ज्ञानेन्द्र मल्ले हस्ताक्षर गरे।

सम्झौता एक वर्षको लागि हुनेछ। सम्झौतापछि ज्ञानेन्द्रले नेपालले खेल्ले अन्तर्राष्ट्रिय म्याच र राष्ट्रिष म्याचहरु खेल्दा इसेवाको स्टिकर आफ्नो ब्याटमा टाँसेर खेल्नेछन्।

एक वर्षर्को लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएपनि कती रकममा सम्झौता भएको भने इसेवाले खुलाउन चाहेन। यसअघि कलाकार विपिन कार्कीलाई पनि ब्राण्ड एम्बेसडर बनाइसकेको र आगामी दिनमा अन्य क्षेत्रका व्यक्तिहरुसँग पनि सम्झौता गर्ने योजनामा रहेको भन्दै सम्झौता रकम खुलाउन नचाहेको इसेवाका सिओओ रोसन लामिछानेले बताए।

सम्झौतापछि ज्ञानेन्द्र मल्लले इसेवाले २०१४ यता नेपाली क्रिकेटलाई सहयोग गरिरहेको बताउँदै यसले आफूलाई पनि केही सहयोग पुग्ने बताए।

'यति समयम देशको लागि क्रिकेट खेलेँ, यो मेरो लागि सपोर्ट जस्तो हो। यसले क्रिकेट खेलेरै पनि जीवन चालउन सकिन्छ भन्ने सन्देश जान्छ।' मल्लले भने, 'अन्य क्रिकेट खेलाडीहरुलाई पनि यस खालको सपोर्ट चाहिन्छ।'

मल्लले आगामी दिनमा नेपाली क्रिकेट अझ राम्रो हे कामना गर्दै नेपाली क्रिकेटमा लगानीको आवश्कता रहेको बताए।

झण्डै एक दशक यता नेपाली टोलीको उपकप्तान रहँदै आएका ज्ञानेन्द्रले घरेलु क्रिकेटमा एपीएफबाट खेल्दै आएका थिए। त्यसअघि उनले क्षेत्र नम्बर ३ काठमाडौंबाट खेलिसकेका छन्। यस्तै काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टर पनि चलाइरहेका छन्। अहिले भने पूर्ण रुपमा फिट नभएका कारण मल्ले पिएम कप एकदिवसीय क्रिकेट खेलेका छैनन्।

यस्तै इसेवाले नेपाली क्रिकेट टिमले खेल्ने प्रतियोगिता, घरेलु प्रतियोगिताहरुमा टिकेटिङ पार्टनरको रुपमा सहयोग गर्दै आएको छ। यस्तै वर्ल्ड क्रिकेट लिगअन्तर्गत नेपाल र नामिबिया तथा नेपाल र केन्याबीचको खेलको टिकट बिक्री र व्यवस्थापन गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell