PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

बाघको छालासहित कपनबाट चार जना पक्राउ



पहिलोपोस्ट

बाघको छालासहित कपनबाट चार जना पक्राउ

काठमाडौँः   बाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले बैतडीका  २७ वर्षीय श्यामसिंह कार्की, २२ वर्षीय प्रविन सिंह रावल, २३ वर्षीय  जितेन्द्र रावत र  ३२ वर्षीय विनोदप्रसाद भट्टलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले एक थान बाघको छालासमेत बरामद गरेको छ। चार जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell