काठमाडौं: नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहार हो - सुनिल क्षेत्री। 'चिमुसीची' मार्फत फिल्म क्षेत्रमा डेब्यू गरेका सुनिल डान्स क्रु 'नेपाली ठिटोज'का प्रमुख हुन्। पछिल्लो समय म्यूजिक भिडियो कोरियोग्राफी गर्नमा व्यस्त सुनिल फिल्म क्षेत्रमा आफुलाई स्थापित गराउन संघर्षरत छन्।
‘चि मुसी चि’मा आफुले निकै मिहिनेत गरेको उनी बताउँछन्। निर्माण टिमले हालै फिल्मको पहिलो प्रचार सामाग्री गीत पनि सार्वजनिक गर्यो। गीतमा आफैले कोरियोग्राफी गरेका छन्।
फिल्मबाट उनी आशावादी छन्। नेपालमा भविष्य बनाउने सोच लिएर बलिउडबाट नेपाल आएका हुन्, उनी।सन् २०१३ मा 'डान्स इन्डिया डान्स' मार्फत बलिउडमा आफुलाई चिनाउन सफल उनले शाहरुख खान अभिनित 'ह्याप्पी न्यू इयर'मा पनि अभिनय गरिसकेका छन्। ह्याप्पी न्यू इयरमा उनले शाहरुखको अपोजिट कोरियन टिम बनेर अभिनय गरेका थिए। भन्छन्, 'फिल्म क्षेत्रमा छिर्नु टार्गेट थियो। आजसम्मको मिहिनरेतले यहाँसम्म पुर्याइ हाल्यो।'
'चि मुसी चि'मा अभिनय भन्दा पनि एक्सन र डान्समा आफुले राम्रो गरेका बताउँछन्। म्यूजिकल थ्रिलर फिल्ममा उनको मुख्य अभिनय रहेको छ। अभिनयबारे भने 'फरहा खानको गाली खाई - खाई अभिनय सिकेको थिएँ डान्स इन्डिया डान्समा'।
दिनेश श्रेष्ठ निर्देशित फिल्म 'चि मुसी चि'मा सुनिलसँगै अलिशा शर्मा, सुशान्त कार्की, कमली वाइवा, सशांक बस्याल, शेखर सुवेदी र शिवराज कार्कीको अभिनय छ। फिल्म साउन ११ गते रिलिज हुनेछ।